दर्शन चर्चको



यो सबै एक सपना संग शुरू भयो





हाम्रो ईतिहास

Darshan Logo

दर्शन चर्चको
संस्थापक : पाष्टर इन्द्र बिनोद
जन्म स्थान : झापा जिल्ला
जन्म मिति : २०१८ साल

चर्च सदस्यहरू : १००+
शाखा चर्चहरू : 5
गाउँहरू सेवा : 8

दर्शन चर्चको स्थापना पाष्टर इन्द्र बिनोदले लगातार देखेको सपना दर्शन बाट हुन आएको हो।

परमेश्वरले उहालाइ लगातार धेरै पटक सपनामा उदयपुर जिल्लाको बेल्टार भन्ने एक्दमै दुर्गम गाउमा तानेर लगेको सपना उहाले २०५५ सालदेखी देख्नु भएको थियो। त्यो समयमा बेल्टार एउटा सानो गाउँ थियो पहाडको छेउ अति दुर्गम र कठिन यति सम्म कि पिउने पानीको लागि मानिसहरु लडाइ झगडा गर्दथे। यातायात सञ्चार र बिजुली बत्तिको पनि सुबिधा पुगेको थिएन । बेल्टार को वरिपरि अन्य थुप्रै साना गाउहरु छदैछन।

उदयपुर जिल्लाका धेरै गाउहरु र पहाडी क्षेत्रका धेरै ठाउहरुका मानिसहरुले येशुको नाम सम्म पनि कहिल्यै सुनेका थिएनन। इन्द्र बिनोद ले लगातार परमेश्वर बाट यो ठाउको लागि दर्शन पाएपछी आफ्नो बासस्थान र चलिरहेको जीवन चटक्कै छोडेर प्रभुको आज्ञा पालन गरि आफ्नो परिवार लिएर उदयपुरको बेल्टार गाउमा २०५६ देखि सेवा सुरु गर्न थाल्नु भयो।

ती दिनहरुमा पाष्टर इन्द्र बिनोद र उहाको परिवारले मात्र सेवा गर्दै हुनुहुन्थ्यो । जिबनमा धेरै चुनौतिहरु खेप्दै र मानिसहरुबाट अवहेलित हुदैपनी उहाले परमेस्वरप्रतिको बिश्वासलाइ कायम राखी आफ्नो दर्शन पूरा गर्ने उदेश्यले हरेक दिन रात नभनी विभिन्न गाउहरुमा पैदल हिडेर सु समाचार प्रचार को कार्यलाइ निरन्तरता दिइरहर्नु भयो।

बेल्टारमा धेरै चुनौती र सतावट आएता पनि उहाँ र उहाको परिवारले परमेश्वरमा इमान्दारिता र बिश्वास को साथ सेवा गर्दै रहनुभयो। कैयौ पटक सु समाचार प्रचार नगर्ने र चर्च स्थापना नगर्ने धम्किहरु आएता पनि पबित्र आत्माको सहायतामा उहाको लगन र परमेश्वरप्रतिको बिश्वास ले बेल्टारमा दर्शन मण्डलिको रुपमा एउटा ठूलो मण्डली खडा भएको छ र उदयपुर जिल्लाकै पाच वटा फरक गाउहरुमा दर्शन मण्डली अन्तर्गत का झुण्डहरु खडा भएका छन र नेपाल भरी अन्यत्र जिल्लाहरुमा दुर्गम र पहाडी अन्य आठ वटा गाउहरुमा दर्शन मण्डलिका झुण्डहरुहमा अहिले प्रभुको सेवा चलिरहेको छ।

पाष्टर इन्द्र बिनोदले आफैलाइ प्रभुमा अर्पण गरि गरिब अनाथ असहाय बिधवा र बृद्द मानिसहरुलाइ समेत आत्मिक आर्थिक र भौतिक सहयोग पुर्याइ रहनुभएको छ र दर्शन चर्च ले हाल १३ वटा शाखा चर्चहरुमा आत्मिक र आथिक सहयोग पुर्याइरहेको छ। दर्शन चर्च बेल्टारमा हाल पुर्ण रुपले परमेश्वरमा समर्पित भएर आरधना गर्ने बिश्वारिहरुको सङ्ख्या लगभग १०० र अन्यत्र मण्डलिहरुमा सोही अनुरुप बिश्वासिहरु छन।

हाल दर्शन चर्च बेल्टार अन्तर्गत सम्पुर्ण १३ वटा चर्चहरुलाइ नेपालभरी आर्थिक ब्यबस्थापन गर्ने जिम्मा प्रभुको दासी सुजन घिमिरेले लिनुभएको छ। सुजन घिमिरेले दर्शन चर्च र शाखा चर्चहरुमा आत्मिक साथै आर्थिक सहयोग पुर्याउदै पाष्टर अगुवा र सम्पुर्ण बिश्वासिहरुको गारो खाचोको ब्यबस्थापन गर्दैरहनु भएको छ।

Pastor Indra

हाम्रो सेवकाइको लागि प्रार्थना गरिदिनु होस।

पछाडी जाउ